नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा, –
(क) “ऐन” भन्नाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “निरीक्षक” भन्नाले ऐनको दफा १३ को उपदफा (१) बमोजिम नियुक्त गरिएको वा तोकिदिएको व्यक्ति सम्झनु पर्छ ।