५. नीति
माथि उल्लिखित विषयहरूको कार्यान्वयनका लागि निम्न नीतिको अवलम्बन गरिनेछ ः
५.१ विद्युतको गार्हस्थ आवश्यकता पूर्ति गर्न देशको जलविद्युत् क्षमताको अधिकतम उपयोग गरिनेछ ।
५.२ गार्हस्थ उपयोगका लागि विद्युत प्रणालीमा उपयुक्त हुने जलविद्युत आयोजनाहरूका साथै जलाशययुक्त आयोजनाहरूलाई पनि आवश्यकता अनुसार प्रतिस्पर्धात्मक रूपमा विकास गरिनेछ ।
५.३ जलविद्युत आयोजनाको कार्यान्वयन निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण सिद्धान्तको आधारमा गर्न प्रोत्साहन गरिनेछ ।
५.४ जलविद्युतको विकासमा स्वदेशी तथा विदेशी लगानीलाई आकर्षित गर्न उचित प्रोत्साहनको व्यवस्थाका साथै पारदर्शी प्रक्रिया अवलम्बन गरिनेछ ।
५.५ ठूला जलाशययुक्त जलविद्युत आयोजना र बहुद्देश्यीय आयोजनाहरूको कार्यान्वयनका लागि प्रयास जारी रहनेछ । ठूला जलाशययुक्त बहुद्देश्यीय आयोजनाहरूबाट सृजना हुने तल्लो तटीय लाभबाट राष्ट्रलाई अधिकतम फाइदा प्राप्त हुने गरी विकास गरिनेछ ।
५.६ बहुद्देश्यीय आयोजनाहरूको हकमा सिंचाइ विकासको सम्भावना हेरी निजी क्षेत्रसँग नेपाल सरकार सहभागी हुनसक्नेछ ।
५.७ जलविद्युतलाई जैविक र तापीय ऊर्जाको विकल्पको रूपमा विकास गरी वातावरण संरक्षणमा योगदान पु¥याइनेछ ।
५.८ जलविद्युत आयोजनाहरूको सञ्चालनबाट हुनसक्ने प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण गर्नका साथै विस्थापित परिवारहरूको उचित पुनस्र्थापनाको व्यवस्था गरिनेछ ।
५.९ विद्युत क्षेत्रमा लगानी गर्न आन्तरिक पूँजी बजारलाई परिचालन गर्न जोड दिइनेछ ।
५.१० स्थानीय स्तरमा साना र लघु जलविद्युत आयोजनाहरू सञ्चालन गरी दुर्गम ग्रामीण क्षेत्रहरूमा विद्युतीकरण गर्न प्रोत्साहन गरिनेछ ।
५.११ बढीभन्दा बढी जनतालाई विद्युत सेवा उपलब्ध गराउन ग्रामीण विद्युतीकरणलाई विस्तार गरिनेछ । यस कार्यमा जनसहभागिता परिचालनका अतिरिक्त एक ग्रामीण विद्युतीकरण कोषको पनि स्थापना गरिनेछ ।
५.१२ विद्युतको अनधिकृत चुहावट नियन्त्रण गरिनेछ । यसका लागि आवश्यक प्राविधिक उपायहरूका साथै उपयुक्त कानुनी व्यवस्था गरी जनसहयोग परिचालनमा समेत जोड दिइनेछ ।
५.१३ न्यूनतम मागको बेला उपलब्ध हुने विद्युत शक्तिलाई ग्रामीण खानेपानी, सिंचाइ, उद्योग, पर्यटन आदि क्षेत्रहरूमा उपयोग गर्दै प्रोत्साहित गरिनेछ ।
५.१४ जलविद्य्त आयोजनाहरूको सञ्चालन गर्दा स्थानीयस्तरमा समेत उपयुक्त लाभ उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
५.१५ जलविद्युत आयोजनामा पर्नसक्ने जोखिमहरू व्यहोर्न उचित व्यवस्था गरिनेछ ।
५.१६ द्विपक्षीय तथा क्षेत्रीय सहयोगको अवधारणा लिई देशमा जलविद्युत उत्पादन क्षमताको प्रचुरतालाई दृष्टिगत गरी
५.१७ उचित मूल्यमा भरपर्दो र गुणस्तरीय विद्युत सेवालाई अधिराज्यमा विस्तार गर्न जलविद्युत उत्पादन, प्रसारण र वितरण गर्दा सामुदायिक÷सहकारी संस्था, स्थानीय निकाय एवम् निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहित गरी प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न सार्वजनिक क्षेत्रमा हाल विद्यमान रहेका संस्थाहरूको पुनसंरचना गरिनेछ ।
५.१८ उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत सेवा सुलभ रूपमा उपलब्ध गराउने गरी उपभोक्ताको हित संरक्षणमा ध्यान दिइनेछ ।
५.१९ उचित मूल्यमा विद्युत ऊर्जा आपूर्ति हुने गरी विद्युतको मूल्य निर्धारण प्रक्रिया औचित्यपूर्ण र पारदर्शी तुल्याइनेछ ।
५.२० जलविद्युत आयोजनाको कार्यान्वयमा नेपाली श्रम र सीप उपयोग गर्न प्राथमिकता दिइनेछ ।
५.२१ जलविद्युत विकासका लागि दक्ष जनशक्ति तयार पार्न र त्यस क्षेत्रमा व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्नका लागि तालीमको व्यवस्था देशभित्रै गर्न एक संस्थाको विकास गरिनेछ । त्यस संस्थाले जलविद्युत विकाससम्बन्धी अध्ययन र अनुसन्धान कार्य पनि
गर्न सक्नेछ ।
५.२२ ऊर्जा संरक्षण कार्यलाई बढावा दिन उपभोक्ताहरूलाई माग व्यवस्थापन गर्न अभिप्रेरित गरिनेछ ।