दफा
रणनीति

४. रणनीति

जलविद्युत विकाससम्बन्धी माथिका उद्देश्य पुरा गर्न देहायका रणनीतिको अवलम्बन गरिनेछ ः

४.१ कृषि एवम् औद्योगिक विकाससँग प्रत्यक्ष सरोकार राख्ने विद्युतक्षेत्रको विकास पूर्वाधार रहेको तथ्यलाई आत्मसात् गर्दै जलविद्युत सेवालाई सामाजिक न्यायको दृष्टिले ग्रामीण अर्थतन्त्रसम्म पु¥याउने ।

४.२ जलविद्युतलाई आन्तरिक खपतका साथै निर्यातको सम्भावनालाई समेत दृष्टिगत गरी यसको विकासमा निजी क्षेत्रको सहभागितालाई बढाउन लगानी सहयोगी, स्पष्ट, सरल एवम् पारदर्शी प्रक्रियाहरू अवलम्बन गर्ने ।

४.३ नेपालको जलस्रोतलाई राष्ट्रिय हित, वातावरण संरक्षण एवम् अधिकतम लाभतर्फ लक्षित गरी जलविद्युत विकासमा साना, मझौला, ठूला एवं जलाशययुक्त आयोजनाहरूको कार्यान्वयन गर्ने ।

४.४ जलविद्युत विकास प्रवद्र्धनका लागि निजी क्षेत्र, आवश्यकताअनुसार सरकारी क्षेत्र तथा सरकारी र निजी क्षेत्रको संयुक्त लगानी आकर्षित गरी जलविद्युत आयोजनाको विकास गर्ने ।

४.५ नेपालको जलस्रोतको उपयोगबाट अधिकतम लाभ लिनका लागि खास खास नदीहरूको जलाधार क्षेत्र ९च्ष्खभच द्यबकष्ल० लाई नै जलस्रोतको विकास र व्यवस्थापनको आधार बनाउने ।

४.६. नेपालको जलविद्युत विकासले राष्ट्रिय मात्र नभई क्षेत्रीय अर्थतन्त्रलाई पनि सघाउ पु¥याउने भएकोले नेपालको जलविद्युत सम्भाव्यता एवम् छिमेकी मुलुकहरूमा विद्युत ऊर्जाको मागलाई समेत दृष्टिगत गरी जलविद्युत विकासको क्षेत्रमा द्विपक्षीय वा
क्षेत्रीय सहयोगको रणनीति अवलम्बन गर्ने ।

४.७ एकीकृत रूपमा जलस्रोतको विकास गर्ने अवधारणअनुरूप जलविद्युत विकास र व्यवस्थापन गर्दा सम्पूर्ण अर्थतन्त्रको परिप्रेक्ष्यमा राष्ट्रिय विकाससम्बन्धी व्यापक दृष्टिकोण राख्ने ।

४.८ सरकारी एवम् निजी क्षेत्रको संय्ुक्त प्रयासबाट जलविद्युत आयोजनामा पर्नसक्ने जोखिमहरूलाई न्यून पार्दै लग्ने र निराकरण गर्न नसक्ने जोखिमहरू सरकारी तथा निजी क्षेत्रमध्ये जुन क्षेत्रले कम खर्चमा वहन गर्न सक्छ । सो क्षेत्रले जिम्मा लिने व्यवस्था गर्ने ।