२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
२.१.१ “नगर योजना” भन्नाले दफा ३ बमोजिमको नेपाल सरकारबाट स्वीकृत नगर योजना सम्झनु पर्छ ।
२.१.२ “समिति” भन्नाले दफा ४ बमोजिमको नगर विकास समिति सम्झनु पर्छ ।
२.१.२क “स्थानीय तह” भन्नाले प्रचलित कानुनबमोजिम गठन भएको गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ र सो शब्दले महानगरपालिका र उपमहानगरपालिका समेतलाई जनाउँछ ।
२.१.२ख “स्थानीय योजना” भन्नाले स्थानीय तहले आफ्नोे क्षेत्रभित्रको भौतिक विकासको लागि तत्सम्बन्धी कार्यक्रम निर्धारण गरी तयार गरेको योजना सम्झनु पर्छ ।
२.१.२ग “संस्था” भन्नाले बसोबास, वस्ती विकास, बजार विकास जस्ता भौतिक विकास सम्बन्धी कार्यक्रम संचालन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम स्थापना भएको संस्था सम्झनु पर्छ ।
२.१.२घ “मन्त्रालय” भन्नाले नेपाल सरकारको सहरी विकास मन्त्रालय सम्झनु पर्छ।
२.१.३ “जग्गा” भन्नाले जुनसुकै जग्गा र त्यसमा स्थायी रूपले रहेको घर, बनोट, ताल, पोखरी, रुख आदि र सो घर, बनोट, ताल, पोखरी, रुख आदिसँग स्थायी रूपले जोडिएको कुराहरूलाई समेत जनाउँछ ।
२.१.४ “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।