१८.१ कसैले दफा ९ अन्तर्गत समितिले नियमित, नियन्त्रण वा निषेध गरेका काम कुराहरू समितिको पूर्व स्वीकृति बिना गरेमा वा समितिले स्वीकृति दिंदा कुनै शर्त वा मापदण्ड तोकिदिएको भए त्यस्तो शर्त वा मापदण्ड विपरीत हुने गरी गरेमा त्यस्तो व्यक्तिलाई समितिले अपराधको गाम्भीर्यता र अभियुक्तको हैसियत हेरी बढीमा एकलाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
१८.२ कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम समितिले गरेको वा गर्न लागेको काम कारबाहीमा बाधा बिरोध गरेमा त्यस्तो व्यक्तिलाई समितिले पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
१८.३ कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम समितिले दिएको आदेश वा निर्देशन विपरीत कुनै काम कारबाही गरेमा त्यस्तो व्यक्तिलाई समितिले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
१८.४ कसैले माथि लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली विपरीत अन्य कुनै काम कारबाही गरेमा त्यस्तो व्यक्तिलाई समितिले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
१८.५ उपदफा १८.१ वा १८.२ बमोजिम समितिले कैदको सजाय गर्दा दफा २० बमोजिको पुनरावेदन समितिमा साधक जाहेर गरी सदर भएपछि मात्र कार्यान्वयन गर्नु पर्नेछ ।