दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो ऐनमा –
(क) “संस्थान” भन्नाले यो ऐन अन्तर्गत स्थापना भएको गोरखापत्र संस्थान सम्झनु पर्दछ ।
(ख) “समिति” भन्नाले संस्थानको सञ्चालक समिति सम्झनु पर्दछ ।
(ग) “महाप्रबन्धक” भन्नाले संस्थानको तत्कालको महाप्रबन्धक सम्झनु पर्दछ र यो शब्दले निजको निमित्त भै काम गर्ने व्यक्तिलाई समेत जनाउँछ ।
(घ) “शेयर होल्डर” भन्नाले यो ऐन अन्तर्गतको नियमानुसार वितरण गरिएको शेयर लिने शेयरहोल्डर सम्झनु पर्दछ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरू वा विनियमहरूमा तोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्दछ ।