नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अर्थ मन्त्री” भन्नाले नेपाल सरकारको अर्थ मन्त्री सम्झनु पर्छ र सो शब्दले अर्थ मन्त्रीको काम गर्न तोकिएको अन्य कुनै मन्त्री वा राज्यमन्त्रीलाई समेत जनाउँछ ।
(ख) “उपसभामुख” भन्नाले प्रतिनिधि सभाको उपसभामुख सम्झनु पर्छ ।
(ग) “टेबुल” भन्नाले सदनको टेबुल सम्झनु पर्छ र सो शब्दले सदन समक्ष कुनै कागजपत्र वा विवरण पेश गर्ने कार्यलाई समेत जनाउँछ ।
(घ) “पदाधिकारी” भन्नाले सभामुख, उपसभामुख, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका उपनेता, मुख्य सचेतक, प्रमुख सचेतक, सभापति, सचेतक एवं संघीय संसदको महासचिव र सचिव सम्झनु पर्छ ।
(ङ) “परिसर” भन्नाले प्रतिनिधि सभाको बैठक कक्ष, उपकक्ष सहित भवनको परिसर लगायत सम्पूर्ण भाग सम्झनु पर्छ र सो शब्दले सभामुखद्वारा समय– समयमा परिसर भनी तोकिएको ठाउँलाई समेत जनाउँछ ।
(च) “प्रस्ताव” भन्नाले प्रतिनिधि सभाको विचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ ।
(छ) “प्रस्तुतकर्ता सदस्य” भन्नाले सरकारी विधेयकको सम्बन्धमा कुनै मन्त्री र गैर सरकारी विधेयकको सम्बन्धमा विधेयक प्रस्तुतकर्ता सदस्य सम्झनु पर्छ ।
(ज) “बैठक कक्ष” भन्नाले प्रतिनिधि सभाकोे बैठक कक्ष सम्झनु पर्छ र सो शब्दले बैठक कक्षसँग जोडिएको दर्शकदीर्घा तथा बरण्डालाई समेत जनाउँछ ।
(झ) “मन्त्री” भन्नाले नेपाल सरकारको प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री सम्झनु पर्छ ।
(ञ) “मन्त्रिपरिषद्” भन्नाले नेपालको संविधानको धारा ७६ बमोजिमको नेपाल सरकार मन्त्रिपरिषद् सम्झनु पर्छ ।
(ट) “महासचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त संघीय संसदकोे महासचिव सम्झनु पर्छ र सो शब्दले महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले राष्ट्रिय सभाको अध्यक्षको परामर्शमा तोकेको सचिव वा सचिवालय सचिवलाई समेत जनाउँछ ।
(ठ) “प्रतिनिधि सभा” भन्नाले संविधानको धारा ८४ बमोजिमको प्रतिनिधि सभालाई सम्झनु पर्छ ।
(ड) “सचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त प्रतिनिधि सभाकोे सचिव सम्झनु पर्छ र सो शब्दले सचिव अनुपस्थित रहेको अवस्थामा प्रतिनिधि सभाको सचिव भई काम गर्न यस नियमावली बमोजिम सभामुखले तोकेको सचिवालयको सचिव वा वरिष्ठ अधिकृत कर्मचारीलाई समेत जनाउँछ ।
(ढ) “सचिवालय” भन्नाले संविधानको धारा १०७ बमोजिमको संघीय संसद सचिवालय सम्झनु पर्छ ।
(ण) “सदन”, “सभा” वा “बैठक” भन्नाले प्रतिनिधि सभाकोे सदन, सभा वा बैठक सम्झनु पर्छ ।
(त) “सदस्य” भन्नाले प्रतिनिधि सभाको सदस्य सम्झनु पर्छ र सो शब्दले प्रस्ताव पेश गर्ने मन्त्रीलाई समेत जनाउँछ ।
(थ) “सन्धि” भन्नाले नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौता सम्झनु पर्छ ।
(द) “सभापति” भन्नाले समितिको सभापति सम्झनु पर्छ ।
(ध) “सभामुख” भन्नाले प्रतिनिधि सभाको सभामुख सम्झनु पर्छ ।
(न) “समिति” भन्नाले यस नियमावली बमोजिम गठन हुने समिति सम्झनु पर्छ ।
(प) “सूचनापत्र” भन्नाले देहायका विषय समावेश भएको प्रतिनिधि सभाकोे सूचनापत्र सम्झनु पर्छ ः–
(१) बैठकको कारबाही सम्बन्धी सूचना–१
(२) बैठकको कारबाहीको संक्षिप्त विवरण–२
(३) समितिसँग सम्बन्धित सूचना–३
(४) सभामुखले आवश्यक ठह¥याएका अन्य विषय–४
(फ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(ब) “संसदीय मामिला मन्त्री” भन्नाले नेपाल सरकारको संसदीय मामिला हेर्ने मन्त्री सम्झनु पर्छ ।