दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, (क) “विशेष अदालत” भन्नाले दफा ३ बमोजिम गठन भएको विशेष अदालत सम्झनु पर्छ ।
यो ऐन संवत् २०६५ साल जेठ १५ गतेदेखि लागू भएको, प्रशस्ती र अधिराज्य शब्द झिकिएको ।
(ख) “खास किसिमका मुद्दा” भन्नाले दफा ३ को उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएका खास किसिमका मुद्दा सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले विशेष अदालतको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले विशेष अदालतको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउनेछ