दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “जग्गा धनी” भन्नाले आफ्नो नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले नेपाल सरकारलाई मालपोत बुझाउनु पर्ने व्यक्ति सम्झनु पर्छ ।
(ख) “किसान” भन्नाले उखडा जग्गा जोत्ने किसानको रूपमा सरकारी श्रेस्तामा दर्ता भएको वा जग्गा धनीसँग भएको बोल कबोल बमोजिम उखडा जग्गा जोती आएको किसानलाई सम्झनु पर्छ । तर यस शब्दले हुण्डा, मनखप, अधियाँ, बाटैयामा कमाउन पाएको जग्गा जोत्ने व्यक्तिलाई जनाउनेछैन ।
(ग) “पोत” भन्नाले उखडा जग्गा कमाउन दिए वापत किसानले जग्गाधनीलाई बुझाउनु पर्ने रूपैयाँ सम्झनु पर्छ ।
(घ) “उखडा जग्गा” भन्नाले जग्गा धनीसंग भएको बोल कबोल बमोजिम किसानले जग्गाधनीलाई नगदी पोत बुझाउने गरी कमाईआएको जग्गा सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गतको नियममा तोकिए वा तोकिएबमोजिम सम्झनु पर्छ ।