विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) ‘ऐन’ भन्नाले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ सम्झनुपर्छ ।
(ख) ‘चलचित्र’ भन्नाले जुनसुकै प्रविधिमा बनेको चलायमान चित्र सम्झनु पर्छ ।
(ग) ‘इजाजतपत्र’ भन्नाले ऐनको दफा ३ वा ४ बमोजिम चलचित्र निर्माण, वितरण तथा प्रदर्शन गर्न वा चलचित्र घर निर्माण गरी चलाउन दिएको इजाजतपत्र सम्झनुपर्छ ।
(घ) ‘इजाजतपत्र प्राप्त व्यक्ति’ भन्नाले खण्ड (ग) बमोजिमको इजाजतपत्र लिने व्यक्ति वा संस्था सम्झनुपर्छ ।
(ङ) ‘चलचित्र निर्माण’ भन्नाले सार्वजनिकरूपमा चलचित्र प्रदर्शन गर्ने उद्देश्यले चलचित्र निर्माण गर्ने काम सम्झनुपर्छ ।
(च) ‘निर्माता’ भन्नाले चलचित्र निर्माण गर्न इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(छ) ‘वितरण’ भन्नाले चलचित्र बिक्री गर्ने वा भाडामा दिने कार्य सम्झनु पर्छ ।
(ज) ‘वितरक’ भन्नाले चलचित्र वितरण गर्न इजाजतपत्र प्राप्त व्यक्ति सम्झनुपर्छ ।
(झ) ‘प्रदर्शन’ भन्नाले चलचित्र देखाउने कार्य सम्झनु पर्छ ।
(ञ) ‘प्रदर्शक’ भन्नाले चलचित्र प्रदर्शन गर्न इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ट) …….
(ठ) ‘सम्पर्क अधिकृत’ भन्नाले यस नियमावली बमोजिम चलचित्र छाँयाङ्कन भए नभएको सम्बन्धमा रेखदेख गर्न निर्मातासँग जानको लागि मन्त्रालयबाट खटिएको निजामती कर्मचारी सम्झनु पर्छ ।
(ड) ‘मन्त्रालय’ भन्नाले नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय सम्झनुपर्छ ।
(ढ) ‘बोर्ड’ भन्नाले नियम २१ बमोजिम गठन भएको चलचित्र विकास बोर्ड सम्झनुपर्छ ।
(ण) ‘अध्यक्ष’ भन्नाले बोर्डको अध्यक्ष सम्झनुपर्छ ।
(त) ‘सदस्य’ भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य– सचिवलाई समेत जनाउँछ ।
(थ) ‘सदस्य–सचिव’ भन्नाले बोर्डको सदस्य–सचिव सम्झनु पर्छ ।