दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सेवा” भन्नाले दफा ३ बमोजिम गठन हुने नेपाल विशेष सेवा सम्झनु पर्छ ।

(ख) “कार्यालय” भन्नाले दफा ४ बमोजिम स्थापना भएको राष्ट्रिय अनुसन्धान विभाग र सो विभाग अन्तर्गतको स्तरीय कार्यालय सम्झनुपर्छ ।

(ग) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।