दफा
बचाउ

(१) दफा ९ बमोजिम सजाय हुने कसुरसम्बन्धी मुद्दामा बाहेक सेवाका कर्मचारी वा सेवाको काममा लगाइएका व्यक्तिले आफनो कर्तव्य पालनाको सिलसिलामा संकलन गरेको खबर कहिले, कसलाई दिएको वा के कस्तो खबर संकलन गरेको भन्ने विषयलाई लिएर त्यस्तो कर्मचारी वा व्यक्तिलाई कुनै पनि निकाय, अधिकारी वा अदालत समक्ष प्रश्न गरिने र उपस्थिति गराईनेछैन ।
(२) कार्यालयमा रहेको गोप्य कागजात अधिकारप्राप्त अधिकारी बाहेक अन्य कुनै पनि निकाय, अधिकारी वा अदालतमा प्रस्तुत वा प्रकट गर्न कसैलाई बाध्य गराईने छैन ।