दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यादेश” भन्नाले पारस्परिक कानूनी सहायता अध्यादेश, २०६९ सम्झनु पर्छ ।
(ख) “अनुसन्धान अधिकारी” भन्नाले प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान र अभियोजन गर्न अधिकारप्राप्त अधिकारी सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले परराष्ट्र मन्त्रालय सम्झनु पर्छ ।