विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “रेडियो यन्त्र” भन्नाले लगातार तारको कनेक्शन विना रेडियो तरंगद्वारा शब्द, चित्र वा संकेत प्राप्त गर्ने वा पठाउने कामको निमित्त प्रयोग गरिने देहायका यन्त्रहरु सम्झनु पर्छः–
(१) डिस एण्टेना लगायत सबै प्रकारका सेटेलाईट, रिसिभिङ्ग सिष्टमहरु,
(२) रेडियो स्पेक्ट्रम अन्तर्गत पर्ने ३० किलोहर्जदेखि ३००० गिगाहर्ज फ्रिक्वेन्सीसम्मका देहायका:-
(क) एल. एफ., एम. एफ., एच. एफ., भी. एच. एफ., यु. एच. एफ., एस. एच. एफ., इ. एच. एफ. ट्रान्समिटर एवं सञ्चार साधनहरु,
(ख) रेडियो ट्रान्समिटर,
(ग) टेलिभिजन ट्रान्समिटर,
(घ) वायरलेस ट्रान्समिटर,
(ङ) वाकिटकि,
(च) कर्डलेस टेलिफोन,
(छ) भिडियो सेण्डर,
(ज) एमेच्योर रेडियो,
(झ) इन्मासार्ट लगायत सबै प्रकारका सेटेलाइट सञ्चार साधनहरु,
(३) कर्डलेस माइक्रोफोन,
(४) रेडियो कन्ट्रोल खेलौना तथा मोडेलहरु,
(५) रेडियो रिसिभर, टेलिभिजन रिसिभर, भिडियो मनिटर, र
(६) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरीरेडियो यन्त्र भनी तोकिदिएको यन्त्रहरु ।
(ख) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेका नियममातोकिएको वा तोकिए बमोजिमको सम्झनु पर्छ ।