दफा
सजाय

(१) कसैले दफा (३) बमोजिम लाइसेन्स नलिई रेडियो यन्त्र राखेमा, बनाएमा वा प्रयोग गरेमा नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीले त्यस्तो रेडियो यन्त्र जफत गरी रेडियो यन्त्र राख्ने, बनाउने वा प्रयोग गर्ने व्यक्तिलाई रेडियो यन्त्रको बिगो कायम गरी बिगो बमोजिम जरिबाना गर्नेछ ।
(२) कसैले उपदफा (१) मा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य काम गरेमा नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) कसैले उपदफा (१) वा (२) बमोजिमको सजाय हुने काम पुन गरेमा त्यस्तो व्यक्तिलाई शुरु सजायको दोब्बर सजाय हनेछ ।