नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सूचनाको हक सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।
(क१) “उजूरी” भन्नाले ऐनको दफा ८ को उपदफा (३), दफा २९ को उपदफा
(४) वा नियम ५क. बमोजिम आयोगमा परेको उजूरी सम्झनु पर्छ ।
(क२) “निवेदन” भन्नाले ऐनको दफा २७ को उपदफा (३) र दफा ३३ को उपदफा
(१) बमोजिम आयोगमा परेको निवेदन सम्झनु पर्छ ।
(क३) “समिति” भन्नाले ऐनको दफा २७ को उपदफा (१) बमोजिमको सूचना
वर्गीकरण सम्बन्धी समिति सम्झनु पर्छ ।
(ख) “सचिव” भन्नाले नियम २० बमोजिम तोकिएको आयोगको सचिव सम्झनु
पर्छ ।