नियम १७
बिदा

(१) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले प्रत्येक वर्ष पारिश्रमिक सहितको छ दिन
भैपरी आउने बिदा र छ दिन पर्व बिदा पाउने छन् ।
(२) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले प्रत्येक वर्ष तीस दिनमा नबढाई
पारिश्रमिक सहितको घर बिदा लिन पाउनेछ ।
(३) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले प्रत्येक वर्ष पारिश्रमिक सहितको बाह्र
दिन बिरामी बिदा पाउनेछ ।
(४) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले घर बिदा र बिरामी बिदा सञ्चित गरी
राख्न सक्नेछ र जुनसुकै व्यहोराले निज आफ्नोे पदमा वहाल नरहेमा निजको सञ्चित रहेको
घर बिदा र बिरामी बिदा बापत निजले पाई आएको पारिश्रमिकको दरले हुन आउने रकम
एकमुष्ट लिन पाउनेछ ।
(५) प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले आफु किरिया बस्नु परेमा कुलधर्म हेरी
बढीमा पन्ध्र दिनसम्मको पारिश्रमिक सहितको किरिया बिदा पाउनेछ ।
(६) महिला प्रमुख सूचना आयुक्त वा महिला सूचना आयुक्त गर्भवती भएमा प्रसूतिको
अघि र पछि गरी निजले बढीमा साठी दिन पारिश्रमिक सहितको प्रसूती बिदा एकपटक
पाउनेछ ।