दफा
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अनुमतिपत्र” भन्नाले दफा ९ बमोजिमको अनुमतिपत्र सम्झनु: पर्छ।

(ख) “अनुमतिपत्र प्राप्त संस्था” भन्नाले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्ने सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत, व्यावसायिक तथा औद्योगिक उपयोग गर्न वा गराउन यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गरेका सेवा प्रदायकलाई समेत जनाउँछ।

(ग) "आयोग" भन्नाले दफा २८ बमोजिमको खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग सम्झनु पर्छ। (घ) आयोजना" भन्नाले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न भौतिक संरचनाको निर्माण, विस्तार वा सुधार र तत्सम्बन्धी अन्य कार्य गर्ने उद्देश्यको लागि सञ्चालित आयोजना सम्झनु पर्छ।

(ङ) "उपभोक्ता" भन्नाले खानेपानी तथा सरसफाइ सेवा उपयोग गर्ने व्यक्ति, संस्था वा निकाय सम्झनु पर्छ।

(च) “उपभोक्ता संस्था” भन्नाले खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गर्ने सामुदायिक संस्था सम्झनु पर्छ।

(छ) "खानेपानी सेवा” भन्नाले तोकिएको मापदण्ड बमोजिमको पानीको सञ्चय, स्थानान्तरण, प्रशोधन तथा वितरण गरी घरेलु, सार्वजनिक, संस्थागत-वा औद्योगिक उपयोगको लागि खानेपानी आपूर्ति गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले थोक, ट्याङ्कर वा बोतलबन्दीरुपमा खानेपानी उपलब्ध गराउने कार्यलाई समेत जनाउँछ।

(ज) “खानेपानीको सार्वजनिक उपयोग” भन्नाले सार्वजनिकरुपमा जडान भएका धाराबाट उपभोक्ताको लागि बितरण हुने खानेपानीको उपयोग सम्झनु पर्छ र सो शब्दले अग्नी नियन्त्रण लगायत अत्यावश्यक अवस्थामा सार्वजनिक स्थलहरूमा प्रयोग गरिने खानेपानीको उपयोगलाई समेत जनाउँछ।

(झ) "खानेपानीको संस्थागत उपयोग” भन्नाले सरकारी, सार्वजनिक, व्यावसायिक वा व्यापारिक संस्थाहरूले प्रयोग गर्ने खानेपानीको उपयोग सम्झनु पर्छ र सो शब्दले औच्योगिक संस्थाहरुले औद्योगिक प्रयोजन बाहेक उपयोग गर्ने खानेपानीलाई समेत.जनाउँछ ।

(ज) “खानेपानी” भन्नाले मानव तथा पशु स्वास्थ्यको लागि हानिकारक तत्व नभएको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिमको गुणस्तरयुक्त स्वच्छ खानेपानी सम्झनु पर्छ।

(ट) “घरेलु उपयोग” भन्नाले पिउन, हातमुख तथा लुगाधुन, (नुहाउन; खाना पकाउन, जीवजन्तु तथा पशुपन्छीलाई खुवाउन, करेसाबारी, शौचालय वा यस्तै अन्य व्यक्तिगत तथा घरायसी प्रयोजनको लागि प्रयोग गरिने खानेपानीको उपयोग सम्झनु पर्छ।

(ठ): “ढल निकास" भन्नाले मानव मलमूत्र सहित वा रहित फोहोरपानीलाई भूमिगत वा सतही ढल प्रणाली वा अन्य कुनै सुरक्षित तरिकाबाट संकलन र स्थानान्तरण गर्ने कार्य सम्झनु पर्छ।

(ड) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। (ढ) “निरीक्षक” भन्नाले दफा ३९ बमोजिम निरीक्षकको रुपमा काम गर्न मन्त्रालयले तोकेको कर्मचारी सम्झनु पर्छ।

(ण) “पानीको स्रोत” भन्नाले प्राकृतिक रुपमा पानी निसृत हुने नदी, खोला, ताल; पोखरी, ढुंगेधारा, इनार, कुवा तथा मूल जस्ता सतही वा भूमिगत जलस्रोत सम्झनु पर्छ र सो. शब्दले आकाशे पानी तथा पानीको आपूर्ति गर्ने मानव निर्मित संरचनालाई समेत जनाउँछ।

(त) “फोहोरपानी”: भन्नाले खानेपानीको घरेलु तथा संस्थागत उपयोग- पश्चात निष्काशन हुने मानव मलमूत्र सहित वा रहित फोहोरपानी सम्झनु पर्छ र सो शब्दले फोहोरपानीसँग मिसिएर आउने: वर्षातको पानीलाई समेत जनाउँछ।

(थ) “मन्त्रालय” भन्नाले खानेपानी सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ।

(द) "सरसफाइ सेवा" भन्नाले फोहोरपानी व्यवस्थापन तथा ढल निकास गरी वातावरणीय स्वच्छता कायम राख्ने कार्य सम्झनु पर्छ र सो शब्दले पानीको स्रोतको संरक्षण गर्न ढल निकास प्रणाली, फोहोरपानी प्रशोधन प्रणाली तथा सार्वजनिक शौचालयको निर्माण, विकास, सञ्चालन तथा प्रवर्दन गर्ने कार्यलाई समेत जनाउँछ।

(ध) “सङ्गठित संस्था" भन्नाले खानेपानी तथा सरसफाइ सेवा सञ्चालन गर्नको लागि प्रचलित कानून बमोजिम दर्ता भई स्थापना भएका उपभोक्ता संस्था, कम्पनी, सहकारी संस्था सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्ने उद्देश्यले गठन तथा: स्थापना भएका संस्थान, बोर्ड, समिति, प्राधिकरण वा त्यस्तै प्रकृतिका निकायलाई समेत जनाउँछ।

(न) “सेवाप्रणाली” भन्नाले खानेपानीको मुहान, पाइप, प्रशोधन संयन्त्र, जलभण्डारण संरचना, जलाशय वा सरसफाइ सेवासँग सम्बन्धित संरचना वा त्यस्तै किसिमका- अन्य उपकरण वा संरचना सम्झनु पर्छ र सो शब्दले खानेपानी तथा सरसफाइ सेवासँग आवद्ध भएको घर, जग्गा र त्यसमा निर्मित संरचनालाई समेत जनाउँछ।

(प) “सेवाप्रदायक” भन्नाले खानेपानी सेवा, सरसफाइ सेवा; सेवा प्रणालीको निर्माण, सञ्चालन तथा व्यवस्थापनको माध्यमबाट खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ।

(फ) “सेवा क्षेत्र” भन्नाले अनुमतिपत्र प्राप्त संस्थाले खानेपानी तथा सरसफाइ सेवा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि अनुमतिपत्रमा उल्लेख गरी तोकिएको क्षेत्र सम्झनु पर्छ।

(ब) “स्थानीय तह" भन्नाले गाँउपालिका वा नगरपालिका सम्झनु पर्छ।