Preamble ०
प्रस्तावना
ः फौजदारी कसूरबाट प्राप्त सम्पत्ति तथा कसूरसँग सम्बन्धित साधन रोक्का राख्ने,
नियन्त्रणमा लिने र जफत गर्ने सम्बन्धी कानूनी व्यवस्थालाई समयानुकूल बनाउन वाञ्छनीय
भएकोले,
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको
हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ ।