Preamble
प्रस्तावना
ः नेपाल ….. मा नगरहरूको निर्माण, विकास र विस्तार एवं नगरहरूमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना संचालन गर्न गराउन तथा त्यस्ता सेवा तथा आयोजना संचालन गर्ने नगर विकाससंग सम्बन्धित निकायलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग पु¥याई व्यवस्थित ढंगले नगरको विकास गर्न, गराउनको लागि नगर विकास कोषको स्थापना र कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।