दफा २१
कोष
(१) कोषको आफनोे एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु
रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋण ।
(ग) स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त दान दातव्य वा उपहार ।
(घ) नगर विकाससंग सम्बन्धित निकायलाई प्रदान गरेको सेवा तथा परामर्श बापत प्राप्त गरेको शुल्क ।
(ङ) कोषले गरेको लगानीबाट उठेको रकम ।
(च) डिबेञ्चर तथा अन्य कुनै किसिमको ऋणपत्र जारी गरी प्राप्त गरेका रकम ।
(छ) कोषको चल तथा अचल सम्पत्तिबाट आर्जन भएको रकम ।
(ज) कोषलाई अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) बमोजिम कोषलाई प्राप्त हुने सम्पूर्ण रकमहरु नेपाल ……….. स्थित कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(३) कोषको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ ।
(४) कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।