नियम ३७
मतगणना
(१) निर्वाचन अधिकृतले ऐनको दफा ५० बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा सम्भव भएसम्म दुवै निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना एकै समयमा प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम एकै समयमा मतगणना प्रारम्भ गर्न नसकिएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना पहिला गर्नु पर्नेछ ।