नियम २४
मतपत्र
(१) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि मतपत्रमा रहने निर्वाचन चिन्ह र अन्य विवरण हरियो रङमा र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि मतपत्रमा रहने निर्वाचन चिन्ह र अन्य विवरण रातो रङमा छापिनेछ ।
(२) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि प्रयोग गरिने मतपत्रमा उम्मेदवारको निर्वाचन चिन्ह र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि प्रयोग गरिने मतपत्रमा दलको निर्वाचन चिन्ह छापिएको हुनेछ ।
(३) प्रत्येक मतपत्रको अर्धकट्टीमा आयोगले निर्धारण गरे बमोजिम सिलसिलेवार रुपमा क्रमसङ्ख्या छापिएको हुनेछ ।
(४) मतपत्रको ढाँचा, प्रकार र किसिम आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।