दफा ६
लक्ष्यलक्ष्य
६. लक्ष्यलक्ष्य
६.१ देशको सम्पूर्ण भूमिलाई बनौट, क्षमता, उपयुक्तता र आवश्यकताका आधारमा वर्गीकरण गर्ने सो बमोजिम उपयोगको लागि तहगत भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने कार्य आगामीठ ५ वर्ष भित्र सम्पन्न गरिनेछ । नगरपालिका, जिल्ला सदरमुकाम, नगरोन्मुख गा.वि.स र मुख्य सडकहरुका आसपासका क्षेत्रहरुका हकमा उपर्युक्त कार्य आगामी ३ वर्ष भित्रमा सम्पन्न गरिनेछ ।
६.२ उपर्युक्त वर्गीकरणको आधारमा भूमिको उपयोग, नियमन र व्यवस्थापन सम्बन्धी नीतिमा समेटिएका विषयहरु कार्यान्वयनमा ल्याउनको निमित्त आगामी १ वर्ष भित्र आवश्यक संस्थागत तथा कानुनी व्यवस्था गरिनेछ ।