दफा ३३
विनियम
(१) यो ऐन र नियमको अधीनमा रही अरू आवश्यक काम कुराको लागि काउन्सिलले विनियम बनाउन सक्नेछ र त्यस्तो विनियम नेपाल सरकारबाट स्वीकृत हुनुपर्छ ।
(२ ) काउन्सिलको दुई तिहाई सदस्यको बहुमत भएमा काउन्सिलले सो विनियम संशोधन गर्न सक्नेछ र यो ऐनलाई संशोधन गर्न मनासिबदेखि दुई तिहाइ सदस्यले प्रस्ताव पारित गरी नेपाल सरकार छेउ सिफारिस गर्न सक्नेछ ।