दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–

(क) “काउन्सिल” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल मेडिकल काउन्सिल सम्झनुपर्छ ।

(क१) “अध्यक्ष” भन्नाले काउन्सिलको अध्यक्ष सम्झनुपर्छ ।

(क२) “सदस्य” भन्नाले काउन्सिलको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्षलाई समेत जनाउँछ ।

(ख) “अस्पताल” भन्नाले नेपाल सरकार वा गैर सरकारी स्तरबाट संगठित रूपमा सञ्चालित रोगको उपचार, प्रतिरोध, निदान तथा पुनस्र्थापनाको लागि स्वास्थ्य सेवा प्रदान गर्ने निकाय सम्झनुपर्छ र सो शब्दले चिकित्साशास्त्रमा न्यूनतम स्नातक तह अध्ययन अध्यापन गर्ने गराउने तथा तालिम दिने दिलाउने उद्देश्यले स्थापना भएको मान्यता प्राप्त संस्थालाई समेत जनाउँछ ।

(ग) “आधुनिक औषधि” भन्नाले एलोप्याथिक प्रणालीको औषधि सम्झनुपर्छ ।

(घ) “चिकित्सक” भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्साशास्त्रमा स्नातकोपाधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ ।

(घ१) “विशेषज्ञ चिकित्सक” भन्नाले सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि डिग्री, डिप्लोमा प्राप्त गरेको एवं तोकिए बोजिमको विशेषज्ञ तालिम प्राप्त गरी सम्बन्धित व्यवसायमा लागेको चिकित्सक सम्झनुपर्छ ।

(घ२) “मेडिकल कलेज” भन्नाले पूर्ण रूपमा आधुनिक चिकित्सा विज्ञानमा स्नातक वा स्नातकोत्तर अध्ययन वा पोष्ट ग्रायजुयट तालिम दिने दिलाउने उद्देश्यले स्थापना ऐन प्रारम्भ हुने सूचना :–

१. ऐनको दफा २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, ३१, ३२ र ३३ मिति २०२२।५।२८ देखि लागू हुने गरी मिति २०२२।५।२८ को नेपाल राजपत्रमा सूचना प्रकाशित ।

२. ऐनको दफा २६ बाहेक लागू हुन बाँकी सबै दफाहरू मिति २०२३।१२।७ देखि लागू हुने गरी मिति २०२३।१२।७ को नेपाल राजपत्रमा सूचना प्रकाशित । भएका शिक्षण संस्था सम्झनु पर्छ र सो शब्दले त्यस प्रयोजनको लागि स्थापना भएका मेडिकल संस्था तथा डेण्टल कलेजलाई समेत जनाउँछ ।

(ङ) “दर्ता किताब” भन्नाले यो ऐन अन्तर्गत चिकित्सकहरूको नाम दर्ता गर्न खडा गरिएको दर्ता किताब सम्झनुपर्छ ।

(च) “दर्तावाला चिकित्सक” भन्नाले दर्ता किताबमा नाम दर्ता भएका चिकित्सक सम्झनु पर्छ ।

(च१) “मान्यता प्राप्त” भन्नाले यस ऐन बमोजिम मान्यता प्राप्त सम्झनुपर्छ ।

(छ) “रजिष्ट्रार” भन्नाले दफा १२ बमोजिम नियुक्त गरिएको काउन्सिलको रजिष्ट्रार सम्झनुपर्छ ।

(ज) “नियम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम सम्झनुपर्छ ।

(झ) “विनियम” भन्नाले यस ऐन अन्तर्गत काउन्सिलले बनाएको विनियम सम्झनुपर्छ ।

(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।