दफा
व्यवस्था
(१) समितिको राय बुझी नेपाल सरकारले राष्ट्रहितको लागि आवश्यक ठह¥याएको निर्देश समय समयमा कोषलाई दिन सक्नेछ । (२) उपदफा (१) अन्तर्गत दिइएको निर्देशहरूको अनुशरण गरी कोषको संचालन गर्ने र यस ऐन अन्तर्गत कोषले गर्नुपर्ने सबै कार्य सम्पादन गर्ने कार्यभार समितिको हुनेछ । (३) समितिले यो ऐन अन्तर्गत आफूले पाएको अख्तियार आवश्यकता अनुसार प्रशासन वा कुनै उपसमितिलाई सुम्पन सक्नेछ । कोषको काम सुचारू रूपले चलाउन प्रशासकले आफूले पाएका कामको अख्तियारी आफ्नो जवाफदेहीमा कोषका आफू मातहतका अधिकारी र कर्मचारीलाई सुम्पन सक्नेछ ।