दफा २७
विघटन
कुनै कारणबाट कोषलाई विघटन गर्नुपर्छ भन्ने समितिलाई लागेमा त्यसको कारण खुलाई समितिले नेपाल सरकारमा प्रतिवेदन पेश गर्नु पर्छ त्यस्तो प्रतिवेदन परेपछि नेपाल सरकारले कोषको सबै दायित्व आफूले बहन गरी कोषलाई विघटन गर्न सक्नेछ । विघटन गर्ने तरीका नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।