नियम २९
२९
२९. धितोपत्र व्यवसायीको दर्तार्ः ः
(१) नियम २८ बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले ऐनको दफा १९ बमोजिम आवश्यक जाँचबुझ गरी त्यस्तो संगठित संस्थालाई धितोपत्र व्यवसायीको रूपमा दर्ता गर्न उपयुक्त देखेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले तीस दिन भित्र त्यस्तो संगठित संस्थालाई धितोपत्र व्यवसायीको रूपमा दर्ता गरी देहायका कामहरू मध्ये कुनै एक वा एक भन्दा बढी काम समेत गर्न सक्ने गरी
अनुसूची –१३ बमोजिमको ढाँचामा धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र दिनु पर्नेछ ः–
(क) ग्राहकको नाममा धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने ।
(ख) नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा जारी भएका ऋणपत्र वा सार्वजनिक रूपमा जारी गरिएको
सामूहिक कोष (म्यूचुअल फण्ड) वा एकाङ्क (युनिट) वा कम्तीमा तीनवटा संगठित संस्थाहरूको साधारण शेयर वा अन्य धितोपत्रहरूमा तरलता प्रदान गर्ने उद्देश्यले उपरोक्त धितोपत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी धितोपत्रहरू आफ्नो नाममा वा नामबाट खरिद बिक्री गरी धितोपत्र कारोबार गर्ने ।
(ग) संगठित संस्थाले सार्वजनिक रूपमा वा परिपत्र विधिद्वारा नयाँ निष्काशन गरेको धितोपत्र आफ्नो नाममा खरिद गरी धितोपत्र
बजार मार्फत बिक्री गर्ने उद्देश्यले निष्काशित सबै वा केही धितोपत्र खरिद गर्ने, ग्राहकसंग लगानी प्रबन्ध करार गरी लगानी
प्रबन्ध गरिदिने उद्देश्यले ग्राहक वा आफ्नै नामबाट दलाल मार्फत धितोपत्र कारोबार गर्ने ।
(घ) संगठित संस्थाले सार्वजनिक निष्काशन वा परिपत्र विधिद्वारा नयाँ निष्काशन गर्न लागेको धितोपत्रको बिक्री प्रबन्ध गर्नको
लागि निष्काशन पूर्व, निष्काशन अवधिमा र निष्काशन पश्चातका सेवाहरू प्रदान गर्ने तथा निष्काशित धितोपत्र अण्डरराइटि· गर्ने ।
(ङ) नयाँ निष्काशन भएका धितोपत्रहरूको पंजिकृत गर्ने, धितोपत्र दाखिल खारेज, नामसारी वा हस्तान्तरण सम्बन्धी जिम्मेवारी
लिने, धितोपत्रको ट्रष्टीको कार्य गर्ने, व्यावसायिक रूपमा धितोपत्र लगानी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने, बोर्डले नेपाल सरकारको स्वीकृति लिई तोकिदिएको अरु कुनै कार्य लगायतका धितोपत्र कारोबारसंग सम्बन्धित अन्य कार्य गर्ने ।
(२) आवश्यक भएमा वा निवेदनमा कुनै कुरा थपघट गराउन आवश्यक देखिएमा बोर्डले निवेदकलाई आवश्यक आदेश दिनेछ र त्यसरी दिएको आदेश बमोजिमको काम पूरा गरेपछि मात्र निवेदकको नाम धितोपत्र व्यवसायीको रूपमा दर्ता गर्ने तर्फ बोर्डले आवश्यक निर्णय गर्नेछ ।
(३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा धितोपत्र व्यवसायीको रूपमा नाम दर्ता गर्न नमिल्ने भएमा निवेदन प्राप्त भएको तीस दिन भित्र बोर्डले त्यसको कारण सहितको सूचना सम्बन्धित निवेदकलाई दिनेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दलालको रूपमा काम गर्ने धितोपत्र उपनियम (१) बमोजिम निवेदन जाँचबुझ गर्दा कुनै थप विवरण वा कागजात व्यवसायीलाई खण्ड (क) बमोजिमको धितोपत्र कारोबार गर्ने बाहेकका अन्य काम गर्ने गरी प्रमाणपत्र दिइने छैन ।