नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० सम्झनु पर्छ ।
(ख) “दलाल” भन्नाले नियम २९ को उपनियम (१) को खण्ड (क) बमोजिमको धितोपत्र कारोबार गर्न प्रमाणपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ ।
(ग) “बजार निर्माता” भन्नाले नियम २९ को उपनियम (१) को खण्ड (ख) बमोजिमको धितोपत्र कारोबार गर्न प्रमाणपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ ।
(घ) “धितोपत्र व्यापारी (डिलर)” भन्नाले नियम २९ को उपनियम (१) को खण्ड (ग) बमोजिमको धितोपत्र कारोबार गर्न प्रमाणपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ ।
(घ१) “निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले नियम २९ को उपनियम (१) को खण्ड (घ) बमोजिम धितोपत्र कारोबार गर्न प्रमाणपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ ।
(ङ) “अण्डर राइटिङ्ग” भन्नाले सार्वजनिक वा परिपत्र विधिद्वारा जारी गरिएको धितोपत्र सबै बिक्री नभई बाँकी रहन आएकोमा त्यसरी धितोपत्र सबै वा केही अंश आफूले खरीद गर्ने जिम्मा लिने कार्य सम्झनु पर्छ ।
(च) “भित्री खबर” भन्नाले सार्वजनिक रूपमा प्रकाशित नभएको धितोपत्र कारोबारको परिमाण वा मूल्यमा असर पर्ने सूचना, खबर विवरण वा तथ्याङ्क सम्झनु पर्छ ।
(छ) “संस्थापक शेयरवाला” भन्नाले कम्पनी दर्ता गर्दा कम्पनीको कम्तीमा एक शेयर लिन मञ्जुर गरी प्रबन्धपत्र र नियमावलीमा संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।