You are viewing the translated version of नि.
Section 52
नि
शुल्क उच्च शिक्षा तथा छात्रवृत्ति: (१) विश्वविधालय वा मातहतका आङ्गिक कलेजमा भर्ना भएका दलित, सीमान्तीकृत, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न विचार्थीको लागि उच्च शिक्षा निःशुल्क हुनेछ।
(२) उपदफा (१) बमोजिमको सुविधा एक विद्यार्थीले प्रत्येक तहमा एक पटक मात्र उपभोग गर्न पाउनेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति सहित सिट सुरक्षित गरिनेछ।
(४) विश्वविद्यालयले शहिद, बेपत्ता पारिएका, मधेशी, आदिवासी/जनजाति, महिला र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यवस्था गर्नेछ।
(५) सामुदायिक विद्यालयमा कक्षा नौ र दशमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ ।