Rule 2
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “निःसंक्रमण (डिस्इन्फेक्सन)” भन्नाले कुनै बस्तुमा भएको संक्रामक तत्वलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको रासायनिक वा भौतिक विधिद्वारा नास गर्ने प्रक्रिया सम्झनु पर्छ ।
(ग) “शीत भण्डार” भन्नाले पशुजन्य पदार्थ, जैविक पदार्थ वा पशु उत्पादन सामग्रीहरूको गुणस्तर बिग्रन नदिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त तापक्रममा राख्ने ठाउँ सम्झनु पर्छ ।
(घ) “प्रामाणिक प्रमाणपत्र” भन्नाले पैठारी गरिने पशु पक्ष्ांीको हकमा सम्बन्धित मुलुकको पशु क्वारेन्टाइन अधिकृत वा भेटेनरी अधिकृतले त्यस्तो पशुको स्वास्थ्य ठीक छ भनी प्रमाणित गरेको प्रमाणपत्र र पशु औषधि तथा जैविक पदार्थको हकमा त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर नियन्त्रण गर्ने निकायले त्यस्तो औषधि तथा जैविक पदार्थको गुणस्तर ठीक छ भनी प्रमाणित गरेको प्रमाणपत्र सम्झनु पर्छ ।
(ङ) “क्वारेन्टाइन प्रमाणपत्र” भन्नाले नेपालभित्र पैठारी हुने पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीहरू क्वारेन्टाइन प्रक्रिया पूरा गरी क्वारेन्टाइन अधिकृतले दिने प्रमाणपत्र सम्झनु पर्छ ।
(च) “जैविक सुरक्षा” भन्नाले कुनै पनि पशु फार्महरूले बाहिरी वातावरणबाट भित्र फैलन सक्ने विभिन्न संक्रमणलाई रोक्न अपनाएका उपायहरू सम्झनु पर्छ ।