दफा ७२
अधिकार प्रत्यायोजन
(१) नेपाल सरकारले यस ऐनबमोजिम आफूलाई प्राप्त अधिकारहरू नेपालराजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको निजामती कर्मचारी वा अधिकारीलेप्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
तर ऐनबमोजिम प्राप्त अधिकारहरू यस ऐनबाहेक अन्य ऐनबाट प्रत्यायोजन गर्न सकिने छैन ।
(२) यस ऐनबमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रहीप्रयोग गर्ने गरी निजले आफूमुनिका निजामती कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।