दफा ३०क
अधिकार प्रत्यायोजन
(१) यो ऐन बमोजिम नेपाल सरकारले आफूलाई प्राप्त अधिकार काउन्सिल वा काउन्सिल प्रमुख बाहेक अन्य कुनै निकाय वा संस्थाको प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम काउन्सिलले आफूलाई प्राप्त अधिकार काउन्सिलको अध्यक्ष, उपाध्यक्ष, सदस्य, सदस्यहरूको समिति, रजिष्ट्रार वा अन्य कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।