दफा ६
अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको योग्यता
आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्यमा नियुक्त तथा मनोनयन हुनको लागि दफा ४ को उपदफा (१) को खण्ड (क) वा (ख) मा उल्लिखित योग्यताको अतिरिक्त देहायका योग्यता पुगेको हुनु पर्नेछ –
(क) नेपाली नागरिक,
(ख) पैंतालीस वर्ष उमेर पूरा भएको,
(ग) नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कानूनमा कम्तीमा स्नातकोपाधि प्राप्त गरेको,
(घ) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(ङ) मगज नबिग्रेको ।