दफा १२
अध्यक्षको काम, कर्तव्य र अधिकार

(१) अध्यक्ष आयोगमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(२) अध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ –
(क) आयोगको काम कारबाही समन्वयात्मक ढंगले सञ्चालन गर्ने,
(ख) अध्यक्षको हैसियतले आयोगसँग सम्बन्धित अन्य काम गर्ने,
(ग) नेपाल सरकारले तोकेको काम गर्ने ।