नियम ५३क
अध्ययन, तालीम वा अध्ययन भ्रमण सम्बन्धी अन्य व्यवस्था
(१) निजामती सेवाको कुनै पदाधिकारी कार्यरत रहेको निकायलाई दातृ
संस्थाबाट सोझै प्राप्त भएको अध्ययन, तालीम वा अध्ययन र अध्ययन भ्रमण सम्बन्धी अवसरहरुको जानकारी सम्बन्धित निकायले
ऐनको दफा ४०ख. को उपदफा (३) बमोजिम गठन भएको समितिको सचिवालयलाई दिनु पर्नेछ । यस्तो जानकारी नदिने निकायको
प्रमुखलाई सो समितिले विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरी पठाउनेछ र त्यसरी जानकारी नदिई
मनोनयन गर्ने अधिकार प्राप्त अधिकारीबाट जति समयको लागि मनोनयन गरिएको हो, त्यती अवधिमा मनोनयन भएको निजामती
कर्मचारीले पाएको वा पाउन सक्ने तलवभत्ता बराबरको रकम असुल उपर गरिनेछ ।
(२) विभिन्न दातृ संस्थाबाट आयोजनाहरु कार्यान्वयनको सिलसिलामा आयोजना सम्झौता अन्तर्गत प्राप्त हुने छात्रवृत्तिको
वार्षिक विवरण तयार गरी ऐनको दफा ४०ख. को उपदफा (३) बमोजिम गठन भएको समितिको सचिवालयमा पठाउनु पर्ने कर्तव्य
सम्बन्धित निकायको हुनेछ ।
(३) निजामती कर्मचारीले अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरेको मितिले एक महिनाभित्र सम्बन्धित कार्यालयमा
हाजिर हुन जानु पर्नेछ । मनासिव माफिकको कारण सहितको सूचना सहित विदा माग गरी विदा स्वीकृत भएको अवस्थामा बाहेक सो
अवधिभित्र हाजिर नहुने निजामती कर्मचारीलाई विभागीय सजाय हुनेछ ।
(४) अध्ययन, तालीम वा अध्ययन भ्रमण पूरा गरेको मितिले नब्बे दिनभित्र हाजिर हुन नआएमा वा ऐनको दफा ४०घ.
बमोजिमको कबुलियत अनुसार निजामती सेवामा सेवा नगरेमा त्यस्तो अध्ययन, तालीम वा अध्ययन भ्रमणमा लागेको वा पाएको खर्च
र सो अवधिमा पाएको तलब भत्ता समेत त्यस्ता निजामती कर्मचारीले अध्ययनको लागि निर्धारित समय व्यतित भएको अर्को तीन
महिनाभित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ र नबुझाएमा सरकारी बांकी सरह असुल गरिनेछ ।
(५) अध्ययन, तालीम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारी अध्ययन, तालीम वा अध्ययन भ्रमण पछि उपनियम (
३) बमोजिमको अवधिभित्र कार्यालयमा हाजिर हुन आए नआएको सम्बन्धमा अभिलेख प्रयोजनको लागि त्यस्तो कर्मचारीको नाम,
अध्ययन गर्न गएको देश, अध्ययन वा तालीमको अवधि र विषय खुल्ने दुई प्रति विवरण प्रत्येक वर्षको श्रावण मसान्तभित्र तयार गरी
एक प्रति ऐनको दफा ४०ख. को उपदफा (३) बमोजिमको समितिको सचिवालयमा पठाई एक प्रति सम्बन्धित निकायले अभिलेख
अद्यावधिक गरी राख्नु पर्नेछ । यस्तो विवरण तयार गरी पठाउने दायित्व सम्बन्धित निकायको प्रमुखको हुनेछ ।
(६) वैदेशिक अध्ययन, तालीम वा अध्ययन भ्रमणमा गएको निजामती कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिन भित्र
प्रतिवेदन तयार गरी सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ । त्यसरी प्रतिवेदन दिएको जानकारी व्यक्तिगत फाइलमा समावेश गर्न
निजामती कितावखानामा पठाइनेछ ।
(७) कुनै निजामती कर्मचारीले काबु बाहिरको परिस्थिति परी उपनियम (६) बमोजिमको अवधि भित्र प्रतिवेदन पेश गर्न नसकेमा त्यसको आधार र कारण सहित सम्बन्धित कार्यालय प्रमुख समक्ष म्याद थपको लागि निवेदन दिन सक्नेछ र यसरी परेको
निवेदनको व्यहोरा मनासिब लागेमा कार्यालय प्रमुखले त्यस्तो प्रतिवेदन पेश गर्न थप पन्ध्र दिन म्याद दिन सक्नेछ । प्राप्त प्रतिवेदनलाई
आवश्यक कारवाही गरिनेछ ।