नियम
अनुगमन
(१) नियमनकारी निकायले ऐनको परिच्छेद–६ख. तथा यस नियमावली बमोजिम काम कारवाही भए नभएको सुनिश्चित गर्न सूचक संस्थाको नियमित निरीक्षण, सुपरीवेक्षण तथा अनुगमन गर्नु पर्नेछ ।
(२) सूचक संस्था बाहेक अन्य निकायको हकमा ऐनको परिच्छेद–६ख. तथा यस नियमावली बमोजिम काम कारवाही भए नभएको सुनिश्चित गर्न नियमित निरीक्षण, सुपरीवेक्षण तथा अनुगमन सम्बन्धित मन्त्रालयले गर्नु पर्नेछ ।
(३) प्राकृतिक व्यक्तिले ऐनको परिच्छेद–६ख. तथा यस नियमावली बमोजिम पुरा गर्नु पर्ने काम कारवाही गरे नगरेको सम्बन्धमा मन्त्रालयले नियमित अनुगमन गर्नु गराउनु पर्नेछ ।
(४) सम्बन्धित मन्त्रालय तथा नियमनकारी निकायले यस नियम बमोजिमको निरीक्षण, सुपरीवेक्षण वा अनुगमन वर्षको कम्तीमा एक पटक गर्नु पर्नेछ ।