नियम ६९
अभिलेख राख्ने
(१) बिदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने सैनिक व्यक्तिको बिदाको अभिलेख अद्यावधिक गरी राख्न लगाउनु पर्नेछ ।
(२) कुनै सैनिक व्यक्ति सरुवा वा बढुवा भई खटिई जाँदा सरुवा वा बढुवाको जनाउका साथै बिदाको अभिलेखको उतार पनि हालको कार्यालयमा पठाउनु पर्नेछ ।