नियम ७९
उपदान
(१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको सैनिक व्यक्तिले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्षभन्दा बढी दश वर्षसम्म सेवा गरेको सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा
महिनाको तलब,
(ख) दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक
महिनाको तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेका सैनिक व्यक्तिले आफूले काम गरेको प्रत्येक वर्षको
निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) उपनियम (१) बमोजिम पाउने उपदानको हिसाव गर्दा सेवाबाट अलग हँुदा खाईपाई आएको मासिक तलबको आधारमा गरिनेछ ।
(३) निवृत्तभरण पाउने अवधि नपुगेको तर उपदान पाउने अवधि पुगेको कुनै सैनिक व्यक्तिको सेवामा बहाल छदैं मृत्यु भएमा निजले पाउने उपदान निजले इच्छाएको व्यक्ति वा सो नभए नजिकको हकवालाले पाउनेछ ।
(4) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्य देशको स्थायी आवासिय अनुमति लिएको बा नागरिकता लिएको व्यक्तिले यस नियम बर्माजमको उपदान प्राप्त गर्ने छैन ।