नियम ८०
निवृत्तभरण
(१) संवत् २०६० साल वैशाख २८ गतेभन्दा अघि नेपाली सेनामा भर्ना हुने देहायका सैनिक व्यक्तिले देहाय बमोजिमको अवधि वा सोभन्दा बढी अवधिसम्म सेनामा सेवा गरेपछि सेवाबाट अवकाश पाएको मितिदेखि निवृत्तभरण पाउनेछः–
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म बीस वर्ष
(ख) जमदार, सुवेदार र प्रमुख सुवेदार सत्र वर्ष
(ग) फलोअर्स र सोभन्दा माथि हुद्दासम्म सोह्र वर्ष
(२) संवत् २०६० साल वैशाख २८-गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना हुने देहायका सैनिक व्यक्तिले देहाय बमोजिमको अवधि वा सोभन्दा बढी अवधिसम्म सेनामा सेवा गरेपछि सम्बन्धित विभागीय प्रमुखको स्वीकृतिमा सेव्राबाट स्वेच्छिक अवकाश लिएमा निवृत्तभरण पाउनेछः-
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्म -बीस वर्ष
(ख) सुबेदार र प्रमुख सुवेदार “उन्नाइस वर्ष
(ग) जमदार -अखार वर्ष
(घ) प्युठ, अमल्दार र हुद्दा -सत्र वर्ष
(ङ) फलोअर्स र सिपाही सोह्र वर्ष
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बीस वर्ष सेवा अबधि नपुग्दै - स्वेच्छिक अवकाश लिने सैनिक व्यक्तिले नेपाली सेनामा भर्ना भएको मितिले बीस वर्ष अबधि पुरा गरेको -मितिबाट: मात्र निवृत्तभरण बापतको रकम प्राप्त गर्नेछन्।
(३) यस नियम बमोजिम दिइने निवृत्तभरणको हिसाब देहाय बमोजिम हुनेछ ः–
(क) सहायक सेनानी र सोभन्दा माथि महारथीसम्मको हकमा,–
सेवा वर्ष × आखिरी तलब
(ख) फलोअर्स र सोभन्दा माथि प्रमुख सुवेदारसम्म र मानार्थ सह सेनानी वा मानार्थ उपसेनानीको हकमा,–
(३क) उपनियम (२क) बमोजिमका सैनिक व्यक्तिको निवृत्तभरणको हिसाब गर्दा स्वेच्छिक अवकास प्राप्त गर्दाको सेवा वर्ष र सेवामा रहँदा खाईपाई आएको आखिरी महिनाको तलबको आधारमा सेवा वर्ष र आखिरी तलब गणना गर्नु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला सैनिक व्यक्तिको तलव स्केलको शुरुको अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला सैनिक व्यक्तिको तलबको शुरु स्केलभन्दा बढी हुनेछैन ।
(५) नेपाली सेनाको कुनै पदमा रही उपदान प्राप्त गरी वा नगरी अवकाश प्राप्त गरेको व्यक्ति पछि नेपाली सेनाको कुनै सेवामा पुन नियुक्ति भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोड्दा निवृत्तभरण पाउने अवधि पुग्ने रहेछ भने उपदान प्राप्त गरेको भए सो उपदान फिर्ता गरी निवृत्तभरण पाउनेछ ।
(६) साधारण सेवा तर्फका सैनिक व्यक्ति ग्यारिजन समूहमा सेवा गर्न आएमा निजले पहिले गरेको सेवा अवधिसमेत जोडी निवृत्तभरण पाउनेछ ।
(७) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सैनिक व्यक्तिको सेवामा बहाल छदैं मृत्यु भएमा निजको सेवा अवधिमा पाँचवर्ष अवधि थप गरेमा निवृत्तभरण पाउने अवधि पुग्ने भएमा बढीमा पाँच वर्षसम्म थप गरी निजको परिवारलाई निवृत्तभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।
(८) निवृत्तभरण पाइरहेका देहायका सैनिक व्यक्तिको उमेर साठी वर्ष पूरा भएपछि देहाय अनुसार निवृत्तभरण थप गरिनेछ ः–
(क) हुद्दा वा सोभन्दा मुनि – तीस प्रतिशत ।
(ख) जमदार – दश प्रतिशत ।
(ग) सुवेदार – पाँच प्रतिशत ।
(९) जमदार वा सोभन्दा माथिका निवृत्तभरण पाइरहेका सैनिक ब्यक्तिको उमेर पचहत्तर बर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तभरणको अङ्कमा दश प्रतिशत थप गरिनेछ र त्यस्तो ब्यक्ति पचासी वर्ष पूरा भएपछि खाईपाई आएको निवृत्तभरणमा पुन दश प्रतिशत रकम थप गरिनेछ ।
सेवा वर्ष × आखिरी तलब ४०
(१०) उपनियम (८) र (९) बमोजिमको सुविधा पारिवारीक निवृत्तभरण उपभोग गर्नेले समेत पाउनेछ ।
(११) कुनै सैनिक व्यक्ति पदावधिको कारण अवकाश हँुदा निवृत्तभरण पाउने अवधि पुगेको रहेनछ भने निजको सेवा अवधिमा दुई वर्ष अवधि थप गरेमा निवृत्तभरण पाउने अवधि पुग्ने भएमा बढीमा दुईवर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरण प्रदान गर्न सकिनेछ ।
(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्य देशको स्थायी आवासिय अनुमति लिएको बा नागरिकता लिएको व्यक्तिले यस नियम बमोजिमको निवृत्तश्षरण प्राप्त गर्ने छैन ।