नियम ६२
असाधारण विदा
(१) निजामती कर्मचारीले असाधारण विदा लिनु पर्ने कारण सहित निवेदन दिनु पर्नेछ र कारण मनासिब देखिएमा
नेपाल सरकारले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण विदा दिन सक्नेछ ।
(२) असाधारण विदामा बस्ने निजामती कर्मचारीले सो अवधिभर तलब पाउने छैन ।
तर नियम ५८ को उपनियम (१०) बमोजिम असाधारण विदामा बस्ने निजामती कर्मचारीले त्यस्तो विदामा बसेको अवधिको
पूरा तलब पाउनेछ ।
(३) पांच वर्ष सरकारी सेवा अवधि नपुगी कुनै पनि निजामती कर्मचारीले असाधारण विदा पाउने छैन ।
तर –
(क) नियम ५८ को उपनियम (१०) बमोजिम थप बिरामी विदा बापत असाधारण विदामा बस्न यस उपनियमले बाधा
पुर्‍याएको मानिने छैन ।
(ख) निजी प्रयासमा अध्ययन गर्न चाहने निजामती कर्मचारीले दुई वर्षको सेवा अवधि पूरा गरेपछि उपनियम (१) को
अधीनमा रही एकै पटक वा पटक, पटक गरी बढीमा तीन वर्षसम्म असाधारण विदा पाउन सक्नेछ ।
(४) कुनै निजामती कर्मचारीले लिएको असाधारण विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।