(१) आयोगको गठन देहायबमोजिम हुनेछ –
(क) सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा हुने योग्यता पुगेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले
नियुक्त गरेको व्यक्ति – अध्यक्ष
(ख) नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा रही काम गरिसकेकोे वा वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतले कम्तीमा पन्ध्र वर्ष कानून व्यवसायीको रूपमा काम गरेको वा कानूनको अध्यापन, अनुसन्धान, तर्जुमा वा कानून वा न्यायको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति – उपाध्यक्ष
(ग) खण्ड (ख) बमोजिमको योग्यता पुगेका व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेको कम्तीमा एकजना महिला रहने गरी बढीमा तीनजना – सदस्य
(घ) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ङ) सचिव (कानून), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(च) नायव महान्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय – सदस्य
(छ) सचिव – सदस्य–सचिव
(२) आयोगको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको नियुक्ति तथा मनोनयनको लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न देहायबमोजिमको एक सिफारिस समिति रहनेछ –
(क) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री – संयोजक
(ख) सभापति, कानून तथा मानव अधिकार समिति, प्रतिनिधिसभा -सदस्य
(ग) अध्यक्ष, नेपाल बार एशोसिएसन – सदस्य