नियम ४२
एजेन्सीले पालन गर्नु पर्ने आचरण तथा शर्तहरू
एजेन्सीले ऐन तथा यस नियमावलीमा व्यवस्थित अन्य व्यवस्था तथा शर्तहरूको अतिरिक्त देहाय बमोजिमको आचरण तथा शर्तहरू पालन गर्नु पर्नेछ –
(क) नेपालबाट यात्रुहरू विदेश लैजाने वा नेपालमा ल्याउने विमान वा गाडी वा त्यस्तै कुनै पनि वाहन सञ्चालन गर्ने नेपाली वा विदेशी कम्पनी वा संस्था वा चालकले आफ्नोे वाहनबाट नेपालभित्र ल्याएका वा नेपालबाट विदेश लगिएका नेपाली वा विदेशी यात्रुहरू
तथा चालक दल एवं बहान सहभागीहरूको नामावली आगमन र प्रस्थान गर्दा अग्रिम रुपमा कार्यालयलाई दिनु पर्नेछ ।
(ख) बैध राहदानी नभएका, निष्काशन गरिएका वा प्रवेश गर्न नदिने गरी रोक लगाइएको विदेशीलाई ल्याउनु हुँदैन ।
(ग) यस नियमावली बमोजिम प्रवेश निषेध गरिएका व्यक्तिलाई ल्याएमा विभाग वा कार्यालयले निर्देश गरेको समयमा फिर्ता लाने दायित्व ल्याउने पक्षको हुनेछ ।
(घ) राहदानी, भिसा वा अनुमतिपत्र नभएका विदेशीलाई आफ्नोे होटल वा घरमा भाडामा राख्न वा कुनै सेवा उपलब्ध गराउनु हुँदैन ।
(ङ) आफूकहाँ बसेका वा आफूले सेवा पु¥याएका विदेशीहरूको मासिक लगत हरेक अर्को महिनाको पहिलो हप्ताभित्र विभागमा दिनु पर्नेछ ।
(च) अन्य देशबाट निष्काशन गरी वा प्रवेश अस्वीकार गरी एजेन्सीको जिम्मा लगाई पठाइएका व्यक्तिहरुलाई सम्बन्धित कागजात सहित अध्यागमन कार्यालयको जिम्मा बुझाउनु पर्नेछ ।