दफा २क
कर्मचारी प्रशासनसम्बन्धी केन्द्रीय निकाय
(१) देशको प्रशासन सञ्चालन गर्न निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरू तथा निजामती कर्मचारीको व्यवस्थापन र सञ्चालनका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय निकायको रूपमा काम गर्नेछ ।
(२) यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियममा उल्लेख भएदेखि बाहेक निजामती कर्मचारी प्रशासनसम्बन्धी काम सामान्य प्रशासन मन्त्रालयको नीतिगत स्वीकृति बिना गर्न पाइने छैन ।