नियम ४३
कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था
: (१) देहायका पदहरुमा देहायका अधिकारीले कायम मुकायम मुकरर गर्न सक्नेछ ः-
(क) विभागीय प्रमुखको पदमा नेपाल सरकार,
तर संवैधानिक अंगका कार्यालयका विभागीय प्रमुखको सम्बन्धमा अन्यथा व्यवस्था भएकोमा बाहेक संवैधानिक अंगको प्रमुख,
(ख) कार्यालय प्रमुख र इकाइ कार्यालय प्रमुखको पदको निमित्त सम्बन्धित विभागीय प्रमुख,
(ग) सरकारी वकील पदमा सरकारी वकील सम्बन्धी नियममा तोकिएको अधिकारी,
(घ) राजश्व न्यायाधीकरण र प्रशासकीय अदालतको अध्यक्षको पदमा प्रधान न्यायाधीशको परामर्श लिई नेपाल सरकार

(२) उपनियम (१) मा लेखिएदेखि बाहेक अन्य निजामती पदमा कायम मुकायम मुकरर गरिने छैन ।