दफा १३
कायम मुकायम
(१) कुनै पनि विभागीय प्रमुख वा कार्यालय प्रमुखको पद रिक्त भएमा वा त्यस्तो पदमा बहालवाला कर्मचारी पन्ध्र दिनभन्दा बढी समयसम्म बिदामा बसेमा वा प्रचलित कानुनबमोजिम कारबाहीमा परेमा सो पदमा तत्काल काम चलाउनको लागि समानस्तर वा बढुवाको लागि सम्भाव्य उम्मेदवार भइसकेको एक श्रेणी मुनिको पदको निजामती कर्मचारीलाई बढीमा छ महिनाको लागि कायम मुकायम मुकरर गर्न सकिनेछ ।
यसरी कुनै पदमा कायम मुकायम मुकरर गरिसकेपछि सोही वा अन्य व्यक्तिलाई पुन सो पदमा कायम मुकायम मुकरर गर्न सकिने छैन ।
(२) उपदफा (१) विपरीत कुनै कर्मचारीलाई कायम मुकायम मुकरर गरेमा निजले सोपदमा रहदा खाइपाई आएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम कायम मुकायम मुकरर गर्ने पदाधिकारीबाट सरकारी बाकी सरह असूलउपर गरिनेछ ।