दफा
कारागार प्रशासकको काम, कर्तव्य र अधिकार
(१) यो ऐन तथा अन्य प्रचलित कानून बमोजिमको काम, कर्तव्य र अधिकारको अतिरिक्त कारागार प्रशासकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:- (क) कारागारको आन्तरिक व्यवस्थापन गर्ने, गराउने,

(ख) प्रचलित कानून बमोजिम आफ्नो जिम्मामा रहेका मिसिल, बन्दी अभिलेख किताब, कागजात एवं मालसामान सुरक्षित रूपले राख्ने वा राख लगाउने,

(ग) कारागारमा रहेका बन्दीको उचित व्यवस्थापनका लागि; आवश्यक काम गर्ने, गराउने र यसरी व्यवस्थापन गर्दा कुनै बन्दीको उमेर, लिङ्ग, अपाङ्गता जस्ता कारणले सिर्जित विशेष" आवश्यकतालाई समेत ध्यान दिने,

(घ) कारागारको सुरक्षा व्यवस्था चुस्त राखे, समय समयमा त्यसको जाँच गर्ने तथा कारागारलाई सदैव आफ्नो सुपरीवेक्षण र निगरानीमा राख्ने,

(ङ) कारागारमा खटिएका सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई कारागार व्यवस्थापन गर्न आवश्यक निर्देशन दिने,

(च) आवश्यकता अनुसार बन्दीलाई निःशुल्क कानूनी सहायता उपलव्ध गराउनको लागि आवश्यक व्यवस्था मिलाउने,

(छ) बन्दीको लागि आवश्यक नैतिक सुधार तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्ने, गराउने,

(ज) कारागार व्यवस्थापन सम्बन्धमा मन्त्रालय, विभाग, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीबाट दिइएको निर्देशनको पालना गर्ने, गराउने ।

(२) कारागार प्रशासक सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीप्रति समेत उत्तरदायी हुनेछ।

(३) कारागार प्रशासक आफूलाई तोकिएको सरकारी आवासमा बस्नु पर्नेछ र सामान्यतया: कारागार छोडी अन्यत्र जानुअघि प्रमुख जिल्ला अधिकारीको अनुमति:लिनु पर्नेछ।

(४) कारागार प्रशासकले यस ऐन बमोजिम आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार आफ्नो मातहतको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर दफा ५२ बमोजिम जरिबाना गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।

(५) कारागार प्रशासकले तोकिए बमोजिम वार्षिक प्रतिवेदन तयार गरी प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र विभागमा पेश गर्नु पर्नेछ।