दफा
कारागारमा नाबालकको हेरचाह

(१) थुनिए वा कैद परेकी स्वास्नीमानिसको कारागार भित्र छोरा छोरी जन्मेछ वा दुई वर्ष नपुगेको नाबालक छोरा छोरी रहेछ भने बाहिर
हेरबिचार गर्ने वारिसवाला भए पनि निजलाई आमाले आफैसित राखी हेरविचार गर्न चाहेमा कारागार भित्रै राख्न हुन्छ । त्यस्ता नाबालक दुई वर्ष पुगेपछि, आवश्यक भएमा बाहेक, निजलाई वारिसवालाको जिम्मा लगाई दिनु पर्छ ।

(२) कुनै थुनुवा वा कैदीको निजले लालन पालन गर्नु पर्ने नाबालक रहेछ र त्यस्तो नाबालकको लालन पालन गर्ने अरू कोही रहेनछ भने निज थुना वा कैदमा रहुन्जेल त्यस्तो नाबालकको सम्पूर्ण हेर विचार, शिक्षा दीक्षा र लालन पालन तोकिए बमोजिम नेपाल सरकार को खर्चमा गरिनेछ ।
(३) बाह्र वर्ष ननाघेको कुनै नाबालक थुनिए वा कैद परेमा निजको हेरबिचार गर्न निजको आमा, बाबु वा अरू नातादार कारागार भित्र बस्न चाहेमा पनि बस्न दिइने छैन ।