दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनुपर्छ र सो शब्दले कानून बमोजिम कुनै खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ ।(ख) “कैदी” भन्नाले कुनै अदालतको फैसला अन्तर्गत सजाय पाई कारागारमा रहेको व्यक्तिलाई जनाउँछ ।(ग) “थुनुवा” भन्नाले अपराधको तहकिकात जाँचबुझ वा पुर्पक्षका लागि अदालत,प्रहरी वा अन्य अधिकारीको हिरासतमा रहेको वा सार्वजनिक सुरक्षा ऐन,२०४६ अन्तर्गत थुनामा रहेको व्यक्तिलाई जनाउँछ ।

(घ) “कारागार” भन्नाले कैदी वा थुनुवालाई कैद गर्नको निमित्त बनेको वा तोकिएको घर कोठा वा त्यस्तै अरू कुनै ठाउँ र त्यस्तो घर कोठा वा ठाउँले चर्चेको जग्गालाई समेत जनाउँछ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमद्वारा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) “जेलर” भन्नाले यस ऐन बमोजिम जेलरको काम गर्न नियुक्ति भएको वा तोकिएको व्यक्ति सम्झनु पर्छ ।

(छ) “कारागार कार्यालय” भन्नाले जेलरको कार्यालय सम्झनु पर्छ ।
(ज) “अस्पताल” भन्नाले सरकारी अस्पताल, डिस्पेन्सरी वा औषधालयलाई जनाउँछ ।

(झ) “सामुदायिक सेवा” भन्नाले विद्यालय, अस्पताल, स्थानीय तह, देवालय,वृद्धाश्रम, अनाथालय लगायत यस्तै प्रकृतिका अन्य निकाय तथा सामाजिक संघ संस्थामा गरिने सेवा सम्झनु पर्छ ।

(ञ) “खुला कारागार” भन्नाले कैदीले तोकिएको समयमा आफुलाई राखिएको ठाउँभन्दा बाहिर समेत गई कुनै काम गर्न पाउने गरी त्यस्तो कैदी राख्नकोलागि नेपाल सरकारले तोकेको कुनै ठाउँ सम्झनु पर्छ ।